रसुवा- अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना रसुवामा पक्राउ परेका छन्।
_x000D__x000D_
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन्। उनीहरू शनिबार बिहान पौने ९ बजे पक्राउ परेका हुन्।
_x000D__x000D_
काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ६ त्रिशूली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
_x000D__x000D_
पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धानमा बुझाइने तामाङले बताए।
_x000D__x000D_
श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चौधरीको साधबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ। रसुवामा बसाइसराइँ गरेर उनीहरूले 'चाइना पास' समेत बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।