काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्रदान गरिएको छ। नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाह गरेबापत दी वर्ल्ड कन्फडेरेसन अफ बिजिनेश (वर्ल्ड) नामक संस्थाले उक्त अवार्ड प्रदान गरेको हो।
_x000D__x000D_
घोषणा अमेरिकामा नै भए पनि अवार्ड वितरण भने काठमाडौंमा नै भएको हो। संस्थाबाट आएका प्रतिनिधिले शुक्रबार होटल सोल्टीमा एक विशेष समारोहमा अवार्ड हस्तान्तरण गरेका हुन्।
_x000D__x000D_
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे।
_x000D__x000D_
अवार्ड प्रदान गर्दै संस्थाका निकोलसले भने, 'नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्दै, यसलाई विश्वस्तरीय पारेकोले नर्भिकलाई यो अवार्ड दिएका हौं। नर्भिकले स्वास्थ्य सेवाका क्षेत्रमा भित्र्याएको नवीनतम प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवं नेपाली लगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पुर्याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको सम्मान गरेका हौं।'
_x000D__x000D_
कार्यक्रममा उपप्रधानमन्त्री यादवले नर्भिकले गुणस्तरीय सेवामा गरेको योगदानका लागि अन्तर्राष्ट्रिय पुरस्कार पाउनु नेपालको लागि पनि प्रतिष्ठाको विषय भएको बताए। 'नेपालको उपचार सेवा अन्तर्राष्ट्रियस्तरकै छ भन्ने सन्देश नर्भिकले दिन सफल भएको छु,' उनले भने, 'गुणस्तरीय सेवाका लागि नर्भिकले सधैं अग्रणी भूमिका खेल्दै आइरहेको छ। आगामी दिनमा नर्भिकले सुपरस्पेसलाइज्ड सेवालाई झन् विस्तार गर्दै लैजान्छ भन्ने विश्वास लिएको छु।'
_x000D__x000D_
_x000D__x000D_
उनले नेपालमा पछिल्लो समय मुटु रोग, मधुमेह लगायत नसर्ने रोगको भार बढ्दै गएकाले यस्ता रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 'रोग लाग्नै नदिने उपायतर्फ सरकार लागिरहेको छ,' उनले भने, 'तर रोग लागिसकेको अवस्थामा नर्भिकले गुणस्तरीय उपचार सेवा दिने कुरामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ।' उनले नर्भिक जस्ता संस्थाकै कारण सरकारले सरकारी निकायका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न जनस्वास्थ्य ऐन जारी गरेको पनि बताए।
_x000D__x000D_
कार्यक्रममा नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशी जोगाएको बताए। उनले नेताहरुलाई नेपालकै डाक्टर तथा स्वास्थ्य संस्थालाई विश्वास गर्न पनि आग्रह गरे। ‘राम्रो उपचार सेवाका लागि विदेश जानेहरुलाई रोक्न नर्भिक सफल भएको छ। यो नेपालीमाथिको गुन हो,’ उनले भने।
_x000D__x000D_
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले अवार्डले गुणस्तरीय सेवा प्रवाहका लागि थप प्रेरणा मिलेको बताइन्। 'अन्तर्राष्ट्रियस्तरको उपचार सेवाका लागि अवार्ड पाउनु हाम्रा लागि मात्र नभई देशकै लागि पनि खुसीको कुरा हो,' उनले भनिन्, 'हामी हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै लैजानेछौं।'
_x000D__x000D_
२५ वर्षमा यस अस्पतालबाट ओपिडी सेवा २८ लाख ५७ हजार ३ सय ७३ जनाले लिएका छन्। यसैगरी अन्तरंग सेवा १३ लाख ७३ हजार ८ सय ५४ र एन्जिओग्राफी १७ हजार २ सय ४९ ले लिएका छन्। शल्यक्रिया मात्रै यो अस्पतालमा १ लाख १३ हजार ७ सय ५० जनाको भएको छ। १० हजार १ सय ३७ विदेशी नागरिकको यो अस्पतालबाट उपाचर सेवा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।