डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
_x000D__x000D_
शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।
_x000D__x000D_
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडौं र गाउँपालिका–३ का गाडी साहु ४५ दीपेन्द्र साही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
_x000D__x000D_
दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ।
_x000D__x000D_
जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।