पोखरा- बेलुन नेपालले पोखरामा पहिलो पटक व्यावसायिक 'हट एअर बेलुन' उडान सुरु गरेको छ।
_x000D__x000D_
पोखरा, हल्लनचोकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको टोलीलाई लिएर आज बिहान सफल उडान परीक्षण गरिएको हो।
_x000D__x000D_
_x000D__x000D_
नेपाली र विदेशी पर्यटकका लागि छुट्टाछुट्टै उडान प्याकेज ल्याएको बेलुन नेपालले २ प्रकारका बेलुन ल्याएको छ। बेलुनले पोखराको लोरुप, धम्पुसदेखि उडान भरेर मर्दी खोला किनार र हेम्जामा अवतरण गर्ने बेलुन नेपालले जनाएको छ।
_x000D__x000D_
_x000D__x000D_
‘ठूलो बेलुनमा एकैचौटि ८ जना बस्न मिल्छ। सानोमा ६ जना बस्न मिल्छ,’ प्रालिमा प्रबन्ध निर्देशक प्रवीण महर्जनले भने।
_x000D__x000D_
नाइट्रोजन र एलपी ग्यासको तातो हावाले उड्ने बेलुन नेपालमा ५ सय मिटर उचाइसम्म उड्न पाउनेछ।
_x000D__x000D_
_x000D__x000D_
पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान सुरु गरेको उनी बताउँछन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।