चितवन- भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ। यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन्।
_x000D__x000D_
नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताए। तराई र भित्री मधेसका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उनको भनाइ छ।
_x000D__x000D_
धेरैजसो विमानस्थलको दक्षिणपूर्वबाट धावनमार्गमा जहाज अवतरण गर्ने र सोही दिशाबाटै उडान गर्ने गरिन्छ। उत्तर पश्चिमबाट पनि कहिलेकाहीँ जहाज उडान र अवतरण गर्ने गरिन्छ। उनका अनुसार धावनमार्गमा तारबारपछि दक्षिणपूर्व ठूला घर र विद्युतका तार टाँगिएका छन्। उत्तर पश्चिममा नेपाली सेनाको गणका साथै अग्ला रुखहरु छन्।
_x000D__x000D_
प्रमुख गौतमले पाइलटको भनाइ उदृत गर्दै भने, 'उनीहरुले जहाज अवतरण गर्दा धावनमार्गमै आएर सोझै झर्नुपर्ने बाध्यता छ। उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थललाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका हुन्।'
_x000D__x000D_
लुक्ला विमानस्थल हिमाली क्षेत्रको जोखिमपूर्ण विमानस्थल हो।
_x000D__x000D_
६२ बिघा क्षेत्रफलमा फैलिएको भरतपुर विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ। उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ।
_x000D__x000D_
बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिट अनुसार यात्रु बोक्न नसकिएको बताए। उनले दक्षिणपूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताए।
_x000D__x000D_
_x000D_विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ भएको छैन।
_x000D_
_x000D__x000D_
अहिले भरतपुर काठमाडौँ जहाज भाडा रु ३ हजार ७५० छ। ठूला जहाज चलेमा रु तीन हजारभन्दा कममा उडाउन सकिने उनले जानकारी दिनुभयो।
_x000D__x000D_
यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताए। ३० जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
_x000D__x000D_
भरतपुर काठमाडौँ दैनिक १० जहाज उड्ने गर्दछन्। भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ। बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन्। नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो। सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए। प्रदेश नं ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन्।
_x000D__x000D_
_x000D_उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका छन्।'
_x000D_
_x000D__x000D_
प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताए।
_x000D__x000D_
जिल्लामा विशिष्ट व्यक्तिको आवागमन बढी हुने गर्दछ। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद हुन्। यही जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापा पनि चितवनवासी हुन्। पूर्वउपप्रधानमन्त्री अमिक शेरचन, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री विक्रम पाण्डेलगायत नेता पनि यही जिल्ला भएर आवतजावत गर्दा पनि विमानस्थलको समस्याबारे चासो नदिएको प्रमुख गौतमले गुनासो गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।