धनगढी–धनगढीमा मृतक एक युवकलाई घिसार्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। शुक्रबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा मृतक युवकलाई घिसार्दै लगेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
_x000D__x000D_
वडा नम्बर ४ कै २५ वर्षीय विजय थापालाई मृत अवस्थामा घिसार्दै लग्दै गरेको बेला सोही ठाउँका आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीले बताए।
_x000D__x000D_
मृतक थापा रक्तमय अवस्थामा रहेको थियो। उनलाई सडकमा घिसार्दै लिन लागेको बेला वडा प्रहरी कार्यालयको गस्ती टोलीले फेला पारी शब पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र सेठीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता ओलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।