दाङ– सल्यान सदरमुकाम खलंगाबाट करिब २० किलोमिटरको दुरीमा पर्छ कुपिण्डे दह।मौसम अनुसार रङ बदल्ने दहका साथै यहाँ रहेको बराह बाबाको मन्दिर आन्तरिक पर्यटकका लागि मुख्य आकर्षण हो।
_x000D__x000D_
_x000D__x000D_
पछिल्लो समय उत्कृष्ट पिकनिक स्पटका रुपमा पनि विकास हुन थालेको छ। सल्यानसहित दाङ, रुकुम, रोल्पाका साथै सुर्खेत, बाँके, बर्दिया, जाजरकोजबाट समेत दह अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन्।
_x000D__x000D_
अग्ला पहाड र हरियाली जंगलले घेरिएको कुपिण्डे दहको दृश्य मनै लोभ्याउने खालको छ। यो ताल २४ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
_x000D__x000D_
_x000D__x000D_
भर्खरै विवाह गरेका नवदम्पती तथा सन्तान नभएकाहरु यहाँ आई वराहदेवको पूजा गरेमा सन्तान प्राप्त हुने जनविश्वास छ। मंसिर शुक्ल पूर्णिमा, माघे संक्रान्ति र बैसाख पूर्णिमाका दिन यहाँ विशेष मेला लाग्छ।
_x000D__x000D_
सल्यानको खलङ्गादेखि बालुवासंग्रही सडकको सुधारसँगै पर्यटकको संख्यामा वृद्धि हुन थालेको मन्दिरका पुजारी तिलक गोसाइँ बताउँछन्।
_x000D__x000D_
_x000D__x000D_
कुपिण्डे दह संरक्षण तथा पर्यटन विकास केन्द्रका अनुसार वार्षिक २५ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्।
_x000D__x000D_
नेपाल सरकारले थप गरेको नयाँ पर्यटकिय गन्तव्यको सूचीमा यो ताल पनि परेको छ। त्यसो त पर्यटकहरुलाई आकर्षित गर्न यस क्षेत्रको प्राकृतिक सुन्दरता नै पर्याप्त छ।
_x000D__x000D_
_x000D__x000D_
तर यहाँसम्म आउने पर्यटकलाई खानपान र बासको व्यवस्थासँगै सडक सुधार हुन सके वास्तवमै यो एक उत्कृष्ट गन्तव्य बन्न सक्छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।