जनकपुर– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन्।
_x000D__x000D_
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसुती गृहको आज शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले अस्पताललाई स्तरोन्नती आवश्यक रहेको बताए।
_x000D__x000D_
उनले विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयास समेत भइरहेको बताउँदै भने, ‘प्रादेशिक स्तरको आयुर्वेद अस्पताल समेत जनकपुर मै निर्माण गर्न लागिएको छ। जनकपुरको सरसरफाईमा सुधार ल्याउन जनकपुरबासीसँग आग्रह गर्दछु।’
_x000D__x000D_
८ करोडको लगानीमा निर्माण हुन लागेको एक सय सैयाको प्रसुति गृहमा उच्च स्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु राम यादवले जनाए।
_x000D__x000D_
भवन सहित अन्य उपकरण र सुविधाको लागि अमेरिकी सरकारले १ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ ।
_x000D__x000D_
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल र समाजिक विकास मन्त्री नवलकिशोर साह र अमेरिकी प्रतिनिधि लगायतको उपस्थिति थियो।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।