महाेत्तरी– महोत्तरीमा आज भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल अनियन्त्रित भई जलेश्वर–बखरी सडकखण्डमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो।
_x000D__x000D_
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एकडांरा गाउँपालिका–३, अजमनपट्टी बस्ने २४ वर्षीय अजय मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलाई उपचारका लागि महोत्तरी जिल्ला अस्पताल जलेश्वर अस्पताल ल्याइएका थियो।
_x000D__x000D_
तर, जलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो। उनको जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
_x000D__x000D_
मोटरसाइकल चालक सञ्जु अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।