घुससहित प्रहरी हवल्दार पक्राउ

कलैया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ।
सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले १ लाख लिदैँ गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो।
आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका छन्।
उनलाई थप अनुसन्धानको लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा राखी अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालयले जनाएको छ।