काठमाडौ– गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।
_x000D__x000D_
गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो।
_x000D__x000D_
भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
_x000D__x000D_
उनले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरिएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे।
_x000D__x000D_
बाँकी रहेका भुटानी शरणार्थीहरुका समब्न्धमा विभिन्न विकल्पहरुबारे छलफल भइरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनीहरुलाई भुटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिए।
_x000D__x000D_
उनले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भीर रहेको बताए।
_x000D__x000D_
निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गरे।
_x000D__x000D_
बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।