काठमाडौं– भ्रष्टाचारविरुद्ध निर्माण भएको नेपाली चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ।
_x000D__x000D_
यो गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर, रामशरण पाठकको शब्द रहेको छ। उक्त गीतमा कल्याण सिंहको संगीत रहेको छ।
_x000D__x000D_
गीतको भिडियोमा कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, बर्माकी नायिका सोनिया राई, रवि डंगोलको अभिनय रहेको छ।
_x000D__x000D_
रामशरण पाठकको निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा मनोज गजुरेल र राजाराम पौडेलले अभिनय गरेका छन्।
_x000D__x000D_
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्। चलचित्र माघ १८ गतेबाट रिलिज हुँदैछ। यसअघि निर्माण भएको सफल चलचित्र प्रेमगीतकै समूहले यो फिल्म निर्माण गरेको हो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।