दोलखा–‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ।
_x000D__x000D_
बिहान करिब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो।
_x000D__x000D_
भीरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्याक्टर सडकभन्दा करिब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
_x000D__x000D_
योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।