काठमाडौं–वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतीको प्रक्रियाका लागि श्रम कार्यालय पुगेका सेवाग्राहीबाट रकम असुल्ने ३ जना मध्यस्तकर्ता (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार कालिमाटी प्रहरीले वैदेशिक रोजगार श्रम कार्यालय, तहाचलको परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो।
_x000D__x000D_
कार्यालय आसपासमा बसेर वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि आएका सेवाग्राहीसँग छिटो काम गराइदिने बहानामा रकम असुल गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D__x000D_
पक्राउ पर्नेमा रोशन सिवाकोटी, ऋषि मोक्तान र हितबहादुर धिमाल रहेका कालिमाटी प्रहरीले जानकारी दिएको छ।
_x000D__x000D_
सादा पोसाकमा ग्राहक बनेर गएका प्रहरीले ती मध्यस्तकर्तालाई पक्राउ गरेको हो।
_x000D__x000D_
बिचौलियाका कारण सेवा लिन असहज भएको गुनासो सेवाग्राहीबाट आएपछि सादा पोसाकमा कार्यालय आसपासमा अनुगमन गरेको थियो।
_x000D__x000D_
सेवाग्राहीको भिड लाग्ने कार्यालय परिसरमा यस्ता मध्यस्तकर्ताले बाटै छेकेर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।