राजविराज– सप्तरीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर शुक्रबार एक महिलाको मृत्यु भएको छ।
_x000D__x000D_
राजविराज नगरपालिका ११ झलहीका शत्रुघन यादवकी पत्नी ३० वर्षीया रेखादेवी यादवको करेण्ट लागेर मृत्यु भएको हो।
_x000D__x000D_
उनी राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवकाे भाइ बुहारी हुन्।
_x000D__x000D_
आफनै घरमा रहेको पानी तान्ने मोटर बिग्रिएपछि चेक गर्ने क्रममा रेखालाई करेण्ट लागेको थियो।
_x000D__x000D_
सिकिस्त अवस्थामा फेला परेकी उनलाई तत्कालै राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।