काठमाडाैं– अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सको बजार हिस्सा आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा १.८ प्रतिशतले घटेको छ। तर, आन्तरिक उडामनमा भने नेपाल एयरलाइन्सको बजार हिस्सा १.३ प्रतिशतले बढेको छ।
_x000D__x000D_
सन् २०१७/१८ अर्थात आव २०७४/०७५ मा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानतर्फ ३ लाख ८२ हजार १ सय २२ जना यात्रुलाई हवाई सेवा दिएको छ। तर, यो संख्या अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ९.६ प्रतिशत मात्रै हो।
_x000D__x000D_
यसै अवधिमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुल ३९ लाख ८१ हजार ९ सय ६७ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको निगमले बिहीबार जारी स्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
यसैगरी, आव २०७२/०७३को तुलनामा आव २०७३/०७४ मा नेपाल एयरलाइन्सको बजार हिस्सा १०.४१ बाट बढेर ११.४ प्रतिशत पुगेको थियो। यस्तैगरी नेपाल एयरलाइन्सको आव २०७०/७१ मा ५.७ प्रतिशत, आव २०७१/०७२ मा ६.३ प्रतिशत र आव २०७२/०७३ मा १०.९ प्रतिशत पुगेको थियो।
_x000D__x000D_
निगमले जारी गरेको स्वेतपत्रमा नेवानिले आव २०७०/०७१ मा कुल ३३ लाख ४५ हजार ६ स्य ४० अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको जहाजले मात्रै १ लाख ९० हजार १ सय ४ यात्रु बोकेको उल्लेख छ।
_x000D__x000D_
यसैगरी आव २०७१/०७२ मा कुल ३५ लाख ३ हजार ५ सय २८ मध्ये नेपाल एयरलाइन्सले २ लाख १९ हजार ९ सय ७६, आव २०७२/०७३ मा कुल ३१ लाख ६३ हजार २ सय ६१ यात्रुमध्ये ३ लाख ४४ हजार ५ सय ४० र आव २०७३/०७४ मा कुल ३७ लाख २३ हजार १ सय ६० अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेवानिको ४ लाख २२ हजार ६ सय ४७ थियो।
_x000D__x000D_
तर, निरन्तर रुपमा बढ्दो बजार हिस्सा भने आव २०७४/०७५ मा घटेको छ। नेवानिसँग रहेको एउटा बोइङ लामो समयदेखि ग्राउन्डेड हुँदा यात्रु हिस्सा घटेको स्वतेपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।