काठमाडौं– वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा फोरम ‘कोलम्बो प्रोसेस’को छैटौं मन्त्रीस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन्।
_x000D__x000D_
बैठकको उद्घाटन गर्दै मन्त्री पोखरेलले ‘कोलम्बो प्रोसेस’अन्तर्गतका सबै १२ राष्ट्रहरु बीचमा कामदार आपूर्ति गर्ने विषयमा एकमत हुनुपर्ने धारणा राखे। उनले भने, ‘कामदार आपूर्ति गर्ने सवालमा हामीबीचमा पारस्परिक सम्बन्ध स्थापित हुनुपर्छ। जसले गर्दा कामदार आपूर्ति तथा सेवा सुविधाका विषयमा समस्या आउँदैन।’
_x000D__x000D_
उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समय कामदारको सेवासुविधा तथा उनीहरुले भोग्नुपरेका समस्याका विषयलाई स्मरण गरे। उनले दिगो विकासका लागि आन्तरीक श्रमबजारमा दक्ष कामदार आवश्यक पर्नेमा जोड दिए। ‘अदक्ष कामदार विदेश जाँदा उनीहरु समस्या पर्छन्। त्यसकारण पनि दक्ष कामदार मात्रै विदेश पठाउनुपर्छ।’, ज्ञवालीले भने, ‘दिगो विकासका लागि दक्ष कामदार आन्तरीक श्रम बजारमा पनि उत्तीकै आवश्यक पर्छन्। तबमात्र समृद्धिको लक्ष्य भेट्न सघाउ पुग्छ।’
_x000D__x000D_
त्यस्तैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नियमित, सुरक्षित र व्यवस्थित तरिकाबाट मात्रै कामदार पठाउनुपर्ने बताए। रेमिट्यान्सलाई भन्दा कामदारको सुरक्षा, दक्षता र सेवासुविधालाई मध्यनजर गर्दै कामदार आपूर्ति गर्ने देश एकै स्थानमा उभिनुपर्नेमा जोड दिए।
_x000D__x000D_
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)की पूर्वी–एसिया हेर्ने क्षेत्रीय निर्देशक मारिया नेनेथेले कामदार आपूर्ति गर्ने देशले समस्या समधानभन्दा अवसर धेरै खोज्दा दशकदेखि यो क्षेत्र वैदशिक राेजगारीकाे क्षेत्रमा उही स्थानमा रहेको बताइन्। उनले भनिन्, ‘यसका लागि सबै देशले हातेमालो गरेर अघि बढ्नुपर्छ, कामदारको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’
_x000D__x000D_
बैठक काठमाडौं घोषणापत्र जारी गर्दै आजै सकिने छ। यसअघि बिहीबार मात्रै सचिवस्तरीय बैठक बस्दै मन्त्रीस्तरीय बैठकका लागि एजेण्डा तय गरेको थियो।
_x000D__x000D_
रोजगारदाता मूलुकमा आफ्ना देशका कामदारलाई समान व्यवहारका लागि आवाज उठाउने उद्देश्यले प्रोसेसको गठन भएको हो। सो फोरमको अध्यक्षता हाल नेपालले नै गरिरहेको छ। नेपालले सन् २०१९ को मार्च महिनासम्म प्रोसेसको नेतृत्व गर्नेछ।
_x000D__x000D_
वैदेशिक रोजगारीमा कामदार पठाउने नेपालसहित चीन, भारत, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १२ देश प्रोसेसका सदस्य राष्ट्र हुन्। यो फोरमले ‘ग्लोबल कम्प्याट माइग्रेसन’सँग समन्वय गरी काम गर्दै आएको छ।
_x000D__x000D_
सन् २००३ मा श्रीलंकामा आयोजना भएको श्रम आप्रवासन मन्त्रालयस्तरीय परामर्श कार्यक्रमको परिणामस्वरूप कोलम्बो प्रोसेस स्थापना गरिएको थियो। प्रोसेसले अन्तर्राष्ट्रिय आप्रवासन र सम्झौताका आधारमा आप्रवासीका श्रमका विषयमा वकालत र परामर्श गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।