काठमाडौं- निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान क्रममा थप ४ जनाको डिएनए परीक्षण गरिए पनि नेगेटिभ देखिएको छ।
_x000D__x000D_
कञ्चनपुरका डिएसपी कृष्ण ओझाले उनीहरुको डिएनए मेल नखाएको जानकारी गराए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग यी ४ जनाको डिएनए नमिलेको उनले बताए।
_x000D__x000D_
यसअघि ५ जनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन। तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिइसकेको छ।
_x000D__x000D_
साउन १० गते हराएकी निर्मला ११ गते घर नजिकै मृत फेला परेकी थिइन्। दोषी अझै पत्ता लाग्न सकेका छैनन्। छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका बाआमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।