काठमाडौं– राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज हुने भएको छ। रौतहटबाट पक्राउ परेका राउतमाथिको सुनुवाइ शुक्रबारलाई तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताए।
_x000D__x000D_
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।
_x000D__x000D_
अदालतले थुनामा राख्नुका कारण लिखितरुपमा प्रस्तुत गर्दै राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। अदातलको आदेशअनुसार बिहीबार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइको शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता कालाखेतीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।