कावासोती– एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ।
_x000D__x000D_
बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो।
_x000D__x000D_
खेलको १०औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६औँ मिनेटमा च्यासलले बराबरी गोल फर्कायो। एक्काइसौँँ मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघिको खेल आफ्नो पक्षमा पार्यो।
_x000D__x000D_
मध्यान्तरपछि च्यासलले बराबरी गोल फर्कायो। निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
_x000D__x000D_
टाइब्रेकरमा च्यासल युथ क्लबले ५÷३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। विजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड र पदक प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ।
_x000D__x000D_
प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ च्यासलका गोलरक्षक दिनेश थापा मगर घोषित भए। खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।