इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मूलुक मलेसियाको भ्रमण गर्ने भएका छन्।
_x000D__x000D_
उनी यही नोभेम्बर २० तारिखका दिन दुई दिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
उनले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्ने मन्त्रालयद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ।
_x000D__x000D_
प्रधानमन्त्री भएपछिको उनको यो पहिलो मलेसिया भ्रमण हो। भ्रमणका क्रममा उनले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्।
_x000D__x000D_
‘प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उनले छलफल गर्नेछन्।,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।