सुर्खेत– कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ।
_x000D__x000D_
सोही दिन जुम्लाकै पातारासीकी २२ वर्षीया अर्की एक महिला पनि बलात्कृत भइन्। बलात्कृत महिलाको उजुरीका आधारमा प्रहरीले भैरे सार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
_x000D__x000D_
जुम्लामा एकै दिन तीन महिला बलात्कृत भएको घटना त एक दृष्टान्त मात्रै हो। कर्णालीका विभिन्न जिल्लामा श्रृंखलाबद्ध रुपमा महिलाहरू बलात्कृत भइरहेका छन्।
_x000D__x000D_
प्रहरीमा परेका उजुरीको तथ्यांक मात्रै हेर्ने हो भने पनि कर्णालीमा बलात्कारका घटना हुने हुने क्रम बढ्दो छ। पछिल्लो तीन महिनामा भएका घटनाको विवरणले बलात्कारका घटना तीव्र वृद्धि भएको देखाउँछ।
_x000D__x000D_
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशभित्रका विभिन्न जिल्लामा पछिल्लो तीन महिनामा मात्र ४० जना महिला बलात्कृत भएका छन्। विगतको तुलनामा कर्णालीमा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको देखाएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णालीका १० जिल्लामा ६१ वटा जना महिला बलात्कृत भएको तथ्यांक प्रहरीसँग छ। तर चालू आर्थिक वर्ष वर्षको पहिलो तीन महिनामा नै ४० वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भइसकेका छन्।
_x000D__x000D_
प्रहरीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै सुर्खेतमा बलात्कारका घटना दर्ता भएका छन्। सुर्खेतमा २४ महिला बलात्कृत भएका छन्। त्यसैगरी जुम्लामा पाँच, पश्चिम रुकुम र कालिकोटमा चार-चार वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन्।
_x000D__x000D_
यस्तै जाजरकोटमा तीन सल्यान र दैलेखमा दुई-दुई वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीमा दर्ता भएका घटनालाई मात्र आधार मान्ने हो भने कर्णालीमा प्रत्येक महिनामा सरदर १३ जना महिला तथा किशोरी बलात्कृत हुने गरेका छन्।
_x000D__x000D_
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षदेखि हालसम्मको पछिल्लो १५ महिनामा कर्णालीमा एक सय एक वटा बलात्कारका घटना दर्ता भएका छन्।
_x000D__x000D_
कानुनको दायरामा पीडक
_x000D__x000D_
गत आर्थिक वर्षमा कर्णालीमा ६१ वटा बलात्कारका घटना भएका थिए। जसमा संलग्न सबै अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। चालू आर्थिक वर्षका घटनामा पनि ८० प्रतिशत अभियुक्तहरु प्रहरीले पक्राउ गरिसकेको प्रहरीको दाबी छ।
_x000D__x000D_
पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ। सँगसँगै बलात्कारमा संलग्नहरू कारबाहीको दायरामा आउने क्रम पनि बढेको प्रहरीको भनाइ छ। 'विगतमा पीडितले घटना लुकाउने गरेकाले पनि अपराधीहरू उम्किन्थे’ प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले भने, ‘अहिले पीडितले प्रहरीमा उजुरी दिन थालेका छन्। अपराधिहरु उम्किन पाउँदैनन्।’
_x000D__x000D_
पछिल्लो समय बलात्कारविरुद्धको आन्दोलनका प्रभावले पनि घटना सार्वजनिक हुन थालेको उनको भनाइ छ। अहिले पीडितहरु सिधै प्रहरीसमक्ष आउने गरेको उनको भनाइ छ।
_x000D__x000D_
विगतमा बलात्कारका घटना भएमा पनि गाउँघरमै मिलाउने र प्रहरीसमक्ष पुग्न नदिने कर्णालीका दुर्गम क्षेत्रमा समेत पीडितहरु न्यायायलयसम्म पुग्न थालेको एसएसपी आचार्यले बताए। तैपनि बलात्कारका घटनामा वृद्धि हुनु दुखद् भएको उनको भनाइ छ। प्रहरीमा दर्ता भएका घटनामध्ये अधिकांशमा प्रहरीले अभियुक्तलाई अदालतसमक्ष पुर्याइसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।