राइनो गोल्डकप : पुलिसलाई पराजित गर्दै च्यासल च्याम्पियन

नेपाल लाइभ | २०७५ कार्तिक २९ बिहीबार | Thursday, November 15, 2018 १३:०८:३४ मा प्रकाशित

काठमाडौं– ए डिभिजनको नवप्रवेशी क्लब च्यासल युथ क्लबले चौथो राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। च्यासलले बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको हो।

_x000D_ _x000D_

नवलपरासीमा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

_x000D_ _x000D_

पेनाल्टीमा च्यासलका विमल घर्तिमगर, छिरिङ गुरुङ, विश्व अधिकारी, देवेन्द्र तामाङ र हेमन्त थापामगरले गोल गरेका थिए। पुलिसका लागि रेजिन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गरेका थिए।  तेज तामाङको प्रहारले भने गोलपोस्टको दिशा लिन सकेन।

_x000D_ _x000D_

उपाधिसँगै च्यासलले र ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र उपाधि विजेता बनेको पुलिसले २ लाख ५५ हजार ५ सय ५५  प्राप्त गरेका छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

च्यासलले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पुलिससँगको भेट पक्का गरेको थियो। पुलिसले सेमिफाइनलमा विरगन्ज युथ क्लबलाई हराएको थियो। 

_x000D_ _x000D_

मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा भएको प्रतियोगितामा १२ टिमले भाग लिएका थिए। 
_x000D_