काठमाडौं– आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई गोप्य राख्न खोजिएको थियो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले 'समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ' भन्दै निर्णय सुनाउन अस्वीकार गरेका थिए। तर केहीबेरमै प्रमुख निर्णयहरु छरपस्ट भइहाले। अन्य मन्त्रीहरुले सञ्चारकर्मीहरुलाई निर्णयहरु बताइदिएका थिए।
_x000D__x000D_
सरकारले गोप्य राख्न चाहे पनि मन्त्रीहरुबाटै चुहिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी सूचना नदिन मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकमा यसअघि जस्तो पत्रकार सम्मेलनअघि नै सञ्चारमाध्यमलाई जानकारी नगराउन भनेका हुन्। उनले मन्त्रिपरिषद् बैठकमा ओलीले नयाँ व्यवस्थाबाट निर्णय सार्वजनिक गर्न लागिएको जानकारी समेत गराए।
_x000D__x000D_
यसैबीच, आज पत्रकार सम्मेलन गरी मन्त्री बाँस्कोटाले आइतबारको निर्णयबारे जानकारी गराएका छन्। उनले पत्रकार सम्मेलनमा भने– ‘प्रधानमन्त्रीले एकद्वार नीतिबाट सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। बिहीबारका निर्णय बाहिर ल्याउनसक्नु भए तपाईंहरुको खुबी हो।’
_x000D__x000D_
मन्त्रिपरिषदका बैठकका निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने भएकाले तत्काल सार्वजनिक नगरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी गराए। उनले यस अवधिमा भइसकेका निर्णयलाई फिर्ता गर्न पनि सकिने हुँदा निर्णयलाई परिपक्व बनाइ सार्वजनिक गर्न लागिएको बताए।
_x000D__x000D_
सरकारको सूचना लुकाउने मनशाय नभएको प्रष्टिकरण दिए।
_x000D__x000D_
आइतबार गरिएको २२ निर्णय सरकारले चार दिनपछि मात्रै सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकको कुनै टुंगो नहुने जनाउँदै उनले भने, ‘निर्णय भएकासँगै नभएका निर्णय पनि सञ्चारमाध्यममा आएकाले व्यवस्थित बनाउन लागिएको हो।’
_x000D__x000D_
सातै प्रदेशका सरकार प्रमुखहरु हटाउने बारे सञ्चार माध्यमले हुँदै नभएको समाचार प्रकाशित गरेको भन्दै उनले त्यस्ता गतल समाचार रोक्न प्रत्येक बिहीबार पत्रकार सम्मेलन गरिने जनाए। प्रदेश सरकार प्रमुख हटाउने जानकारी तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले सञ्चार माध्यमलाई जनाएका थिए।
_x000D__x000D_
नयाँ विधि मार्फत जानकारी गराउन लागिएको पत्रकार सम्मेलनमा सबै मन्त्रालयका प्रवक्ताहरुलाई पनि डाकिएको थियो। मन्त्रालयगत जिज्ञासा राख्न पाउने गरी नयाँ व्यवस्था लागू गरिएको छ।
_x000D__x000D_
आइतबार भएको मन्त्रिपरिषदको निर्णयहरुमा इजरालयका राजदूतलाई फिर्ता बोलाउने निर्णय बाहिर आएको थिएन। निरञ्जन थापालाई फिर्ता बोलाएर उक्त स्थानमा प्रधानमन्त्रीकी आफन्त अन्जान शाक्यलाई नियुक्त गरिएको छ।
_x000D__x000D_
नियुक्तिका निर्णय तत्काल जानकारी नगराइए पनि सञ्चारमाध्यममा आइसकेको प्रति सञ्चारकर्मीको प्रश्नमा प्रवक्ताले भने ‘एक जनाको त आएको थिएन नि!’
_x000D__x000D_
यो पनि पढ्नुहोस्ः
_x000D__x000D_
मन्त्रिपरिषद् निर्णय पत्रकार सम्मेलनमार्फत, इजरायलका राजदूत फिर्ता, डा अञ्जन शाक्यलाई पठाइने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।