एजेन्सी– श्रीलंकामा बढ्दै गएको राजनीतिक गतिरोधबीच संसद चलिरहेका अवस्थामा झडप भएको छ। राष्ट्रपति मत्रिपाल सिरिसेनाले निर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई गत अक्टोबर २६ मा बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक गतिरोध उत्पन्न भएको थियो।
_x000D__x000D_
यसैबीच राजनीतिक तनाव बढ्दै जाँदा आज बसेको संसद बैठकमा झडप भएको छ। पूर्व राष्ट्रपति राजापाक्षेका समर्थक र सभामुखबीच भनाभन सुरु भएपछि दोहोरो झडप भएको हो। झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा एक सांसद घाइते भएका छन्।
_x000D__x000D_
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका राजापाक्षेले संसदमा आफ्नो बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति सिरिसेनाले गत शुक्रबार संसद भङ्ग गरेका थिए भने आगामी जनवरी ५ मा निर्वाचनको नयाँ मिति तोकेका थिए।
_x000D__x000D_
तर मंगलबार श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपतिको संसद भङ्ग गर्ने निर्णय खारेज गरेपछि आज बसेको सांसद बैठकमा दुई पक्षबीच झडप भएको हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।