काठमाडौं– सरकारलाई विभिन्न गैरसरकारी संस्थालले अन्तर्राष्ट्रिय श्रम सगंठन (आइएलओ)को महासन्धिमा उल्लेख भएका विषयअनुसार घरेलु कामदारसम्बन्धी नियम लागू गर्न सुझाव दिएका छन्।
_x000D__x000D_
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएलओको महासन्धिको दफा १ सय ८९ मा उल्लेख भएअनुसार घरेलु कामदारलाई रोजगारीलगायत अन्य विषयलाई अनुमोदन गरेर कार्यन्वयन गर्न ती संस्थाले माग गरेका छन्।
_x000D__x000D_
घरेलु श्रमिकको तबल सुविधा, ८ घन्टाभन्दा धेरै काम लगाए अतिरिक्त तलब, सप्ताहिक बिदा, महिलाका लागि आवास गृह, रोजगारीका क्रममा सुरक्षा लगायतका विषयलाई कार्यन्वयन र अनुमोदन गर्न माग गरिएको छ।
_x000D__x000D_
महिला श्रमिकलाई कार्यक्षेत्रमा सञ्चारको व्यवस्था र परिवारसँग सम्वादको सुधिवा पनि आइएलओको महासन्धिमा उल्लेख भएअनुसार व्यवस्था गर्न सरकारसँग ती संस्थाले माग गरेका छन्।
_x000D__x000D_
नेपालमा धेरै महिला श्रमिक सामाजिक सुरक्षाको पहुँचभन्दा बाहिर रहेको र ती महिला कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरिएको छ।
_x000D__x000D_
रोजगारीका क्रममा महिला श्रमिकले भोगिरहेको मौखिक, मानसिक र शरीरिक समस्यालाई सरकारले गम्भीर भएर अनुमोदन गर्नुपर्ने सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन्।
_x000D__x000D_
दिगो विकासमा घरेलु श्रमिकको ठूलो भूमिका हुने भएकाले सरकारले यो विषयमा गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ छ।
_x000D__x000D_
सरकारले महिलालाई रोजगारीमा विदेश जान प्रतिबन्ध लगाउन नहुने उनको भनाइ छ। सरकारले मलेसिया र खाडीमा देशमा महिला कामदारलाई घरेलु काम जान प्रतिबन्ध लगाएको छ।
_x000D__x000D_
श्रमिकका हकअधिकारको क्षेत्रमा काम गर्दैआएका विभिन्न संस्थाले घरेलु क्षेत्रमा काम गर्ने श्रमिक आर्थिक र शरीरिक शोषणमा पर्ने औल्याउँदै आएका छन्।
_x000D__x000D_
घरेलु कामदारका लागि मर्यादित काम, सामाजिक सुरक्षा र आप्रवासनलाई ध्यान दिन सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।