प्रधानमन्त्री आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेका छन् : गगन थापा

नेपाल लाइभ | २०७५ कार्तिक २९ बिहीबार | Thursday, November 15, 2018 ११:४०:०९ मा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन्।

_x000D_ _x000D_

नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाए। नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरित भइरहेको दाबी गरे।

_x000D_ _x000D_

संविधानको मूल मर्म अनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ। उनले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे।

_x000D_ _x000D_

पूर्वमन्त्री समेत रहेका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पारे।