काठमाडौं– गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
_x000D__x000D_
आज सञ्चार तथा प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो दिनको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराइएको हो।
_x000D__x000D_
मन्त्रिपरिषद्ले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता गरी डा अञ्जन शाक्यलाई पठाउने निर्णय गरेको सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। त्यस्तै दक्षिण अफ्रिकाका लागि अमृत बहादुर राईलाई फिर्ता बोलाउने निर्णय पनि गरिएको छ।
_x000D__x000D_
मन्त्री बाँस्कोटाले सरकारको समाचार लुकाउने ध्येय नभएको प्रष्ट पारे। कतिपय भएका वा नभएका निर्णय पनि सञ्चार माध्यमबाट बाहिर आएकोले व्यवस्थित गर्न प्रेस मिट राखिएको उनले बताए।
_x000D__x000D_
अब हरेक साताको बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिइने छ।
_x000D__x000D_
'पत्रकार सम्मेलनअघि निर्णय सार्वजनिक नगर्न प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएको उनले बताए।
_x000D__x000D_
मन्त्री बाँस्कोटाले निर्मला पन्तको घटनाप्रति सरकार उदासिन नभएको बताएका छन्। 'अपराधी फेला पार्न त पर्यो', उनले भने, 'अपराधी उम्किन सक्दैनन्।'
_x000D__x000D_
आइतबारको मन्त्रिपरिषद् बैठकमा २२ वटा निर्णय भएको जानकारी गराइएको छ।
_x000D__x000D_
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका कतिपय निर्णय सार्वजनिक भइसकेका छन्। भारतका लागि संविधानविद् नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अबर इमिरेट्सका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल सिफारिस भएका खबर सार्वजनिक भइसकेका छन्।
_x000D__x000D_
प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले आज विस्तृत जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा उनीसहित सबै मन्त्रालयमा प्रवक्ताहरु समेत उपस्थित थिए।
_x000D__x000D_
यो पनि पढ्नुहोस्ः
_x000D__x000D_
अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराइने
_x000D__x000D_
मन्त्रिपरिषद् बैठक : भारतका लागि निलाम्बर आचार्य राजदूत सिफारिस
_x000D__x000D_
मन्त्रिपरिषद् बैठकको निर्णय किन गुपचुप? सरकारका प्रवक्ता भन्छन्– मसी सुक्न नपाउँदै विरोध हुन्छ, हैरान भइयो
_x000D__x000D_
सूचना लुकाएर खेद आर्जन गर्दैछ सरकार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।