गाईघाट– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको गत शनिबार भएको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन्। प्रहरीका अनुसार बालिका हत्यामा संलग्न दुई किशोर १४ वर्षीय बहादुर राई ९नाम परिवर्तन० र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याको अभियोगमा ४ दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो।
_x000D__x000D_
प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन्। बालिका एक्लै देखेर दुई अभियुक्तले उनी भएको स्थानमा गएको र बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख राईले बताए। बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे मात्रै उनको शव भेटेका थिए। नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरिरमा लगाएको कपडा च्यातिएको, घाँटीमा निलडाम र मुखमा कपडा खाँदेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ।
_x000D__x000D_
घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको बताएको छ। शंकाष्पद अन्यलाई भने छाडिएको प्रहरीले बताएको छ।
_x000D__x000D_
अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधार गृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजाय बमोजिम कारबाही अगाडि बढाइने छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।