दाङ– प्रदेश ५ मा दसैं, तिहारका समयमा ३ सय ६७ सवारी दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ। प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार यस अविधिमा भएका सवारी दुर्घटनामा परी ६ सय ६२ व्यक्ति घाइते भएका छन्।
_x000D__x000D_
घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। दसैं तथा तिहारलाई लक्षित गरेर प्रदेश ५ का १२ वटै जिल्लामा उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो।
_x000D__x000D_
सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २ सय ६४ मोटरसाइकल, ५२ जीप/कार, २१ बस, ट्याक्टर १७, ट्रक/ट्याङ्कर १२, माइक्रो ५, टिप्पर ४, टेम्पो ४, रिक्सा ३१ र अन्य गरी ४ सय ५४ सवारी साधन दुर्घटनामा संलग्न रहेका छन्।
_x000D__x000D_
सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लामा भएको छ। त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ।
_x000D__x000D_
सो अवधिमा नियम विपरीत सवारी साधन चलाउने १७ हजार ३ सय ६२ चालकलाई कारबाही गरिएको र १ करोड १० लाख ७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रवक्ता मल्लले जानकारी दिए।
_x000D__x000D_
त्यसैगरी सो अवधिमा प्रदेश ५ मा भन्सार छली गरी अवैध सामान ओसारपसारमा संलग्न १७ व्यक्ति र ४ वटा सवारी साधनलाई पक्राउ गरी ३१ लाख ६० हजार १ सय ८१ रुपैयाँ भन्सारमा दाखिला गरिएको पनि मल्लले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।