काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले थाइल्यान्डमा आयोजना हुने महिला टी–२० स्मास प्रतियोगितामा सहभागिता जनाउने भएको छ। क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा हुने प्रतियोगिता आगामी पुस २८ देखि माघ ५ सम्म संचालन हुनेछ।
_x000D__x000D_
नेपालले थाइल्यान्डमा हुने प्रतियोगिता खेल्ने आइसिसीकी नेपाल प्रतिनिधि तथा नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले पुष्टि गरिन्।
_x000D__x000D_
प्रतियोगितामा नेपालसहित ९ देशका राष्ट्रिय टिमले भाग लिनेछन्। थाइल्यान्डको भने २ टिम हुनेछन्। प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ। नेपाल रहेको समूहमा यूएई, मेलेसिया, नामिबिया र थाइल्यान्ड ए टिम रहेका छन्। समूह बीमा थाइल्यान्ड, हङकङ, इन्डोनेसिया, म्यानमार र भुटान रहेका छन्।
_x000D__x000D_
समूहको लिग खेलपछि शीर्ष २–२ टिम फाइनलमा पुग्नेछन्। प्रतियोगितालाई आगामी फेब्रुअरीमा हुने आइसिसी महिला विश्व टी–२० छनोटका लागि तयारीको रुपमा लिइएको छ।
_x000D__x000D_
आइसिसीकी नेपाल प्रतिनिधि घिमिरेका अनुसार नेपालले प्रतियोगिता खेल्ने पक्का भए पनि प्रशिक्षक र खेलाडी छनोटबारे अहिले तय भएको छैन। प्रशिक्षकका लागि आइसिसीलाई पत्राचार गरिनेछ। आइसिसीले प्रशिक्षकको टुंगो लगाएपछि खेलाडी छनोट प्रक्रिया र प्रशिक्षण सुरु हुने सिनियर टिमका प्रशिक्षक जगत टमाटाले नेपाल लाइभलाई बताए।
_x000D__x000D_
प्रतियोगिताको खेल तालिका
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।