काठमाडाैं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनाभन्दा बढी भइसक्यो तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। न्यायको खोजीमा भौंतारिइरहेको पन्त परिवार यतिबेला धर्ना बसेर न्याय खोजिरहेको छ। निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवी सहित अरुले धर्नामा साथ दिएका छन्।
_x000D__x000D_
हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सुरु भएको पीडित परिवारको धर्ना कहिले सकिने हो, टुंगो छैन। घरमा दुई छोरी पनि भएकाले निर्मलाकी आमा दुर्गादेवी भने साँझ घर जान्छिन्। अरु परिवार रातदिन धर्नामै बसिइरहेका छन्।
_x000D__x000D_
अपराधी पत्ता लाग्ने सम्भावना नदेखिएपछि धर्ना बस्न बाध्य भएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै भौंतारिइरहेको निर्मलाको परिवार अझै थाकेको छैन। यति दिनसम्म पनि छोरीका हत्यारा पत्ता नलाग्दा उनीहरुमा आक्रोश भने थपिएको छ।
_x000D__x000D_
छोरीको हत्यापछि शोकमा डुबेकी दुर्गादेवीलाई सरकारले अहिलेसम्म हत्यारा सार्वजनिक गर्न नसक्दा थप कमजोर बनाएको छ। उनले अहिलेसम्म सरकारले छोरीको हत्यारा पत्ता नलगाएको प्रति आक्रोससमेत व्यक्त गरिन्।
_x000D__x000D_
‘अहिलेसम्म सरकारले मेरी छोरीको हत्यारा पत्ता लगाउन सकेन। आशा गरौं कि के गरौं? हत्यारा पत्ता लाग्छ कि लाग्दैन? हामीले न्याय पाउँछौं कि पाउदैनौं,’ दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म के कारण हत्यारा पत्ता लगाउन सकेन त्यसको जवाफ दिनुपर्छ।’
_x000D__x000D_
छोरीको हत्या अनुसन्धानमा सुरुदेखि नै लापरबाही भएको दुर्गादेवीको भनाइ छ। हत्यालगत्तै प्रहरीदेखि प्रशासनसम्म प्रमाण मेटाउन लागेकाले छोरीको हत्यामा ठूलै गिरोहको संलग्नता रहेको उनको आशंका छ।
_x000D__x000D_
त्यहाँका स्थानीय र नागरिक समाजको आड भरोसाले निर्मलाको परिवार न्यायका लागि लड्न थाकेको छैन। दुर्गादेवीले विभिन्न व्यक्ति र स्थानीयहरुको सहयोगले छोरीको हत्या भएदेखि न्याय माग्दै अहिलेसम्म हिँड्न सकेको बताइन्।
_x000D__x000D_
छोरीको हत्या भएयता अर्काले दिएको सहयोगबाटै गुजारा टारेको दुर्गादेवीले बताइन्। उनको घरमा आम्दानीको स्रोत भनेको चटपटे, पानीपुरीको ठेला व्यापार थियो। छोरीको हत्यापछि त्यो पनि ठप्प छ।
_x000D__x000D_
‘अर्काले सहयोग गरेर कति दिन चल्छ र?’ दुर्गादेवी भन्छिन्, ‘घरमा आर्थिक समस्या उस्तै छ। छोरीको हत्या भएदेखि न खानाको टुंगो छ न बस्नको। घरमा जस्तो समस्या भए पनि त्यो त टारौंला, सहुँला। तर, छोरीलाई बलत्कार गरी मार्ने पापीहरु पहिला पत्ता लगाइयोस्।’
_x000D__x000D_
धर्ना बस्दा पनि सरकारले हत्यारा सार्वजनिक गर्न नसके अनसन नै बस्ने चेतावनी निर्मलाका परिवारको छ।
_x000D__x000D_
गत साउन १० गते घरबाट हराएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट फेला परेको थियो। उनको बलात्कारी र हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।