दाङ– दाङमा तीन वर्षीय छोरासहित आमा बेपत्ता भएकी छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाँउ निवासी २१ वर्षीया पवित्रा श्रेष्ठ र उनका ३ वर्षीय छोरा प्रशान्त चार दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
तिहारमा छोरा लिएर माइत गएकी उनी घर फर्कने क्रममा बेपत्ता भएको र खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवदेन दिएका छन्।
_x000D__x000D_
कपिलवस्तुको बट्कनपुर गाउँपालिका वडा नं ९ मा रहेको माइतीघरबाट तुलसीपुरस्थित घर आउने क्रममा बीच बाटोबाटै आमा छोरा बेपत्ता भएपछि पवित्राका पति २६ वर्षीय प्रदीप श्रेष्ठले प्रहरीमा निवदेन दिएको बताएका छन्।
_x000D__x000D_
प्रदीपका अनुसार आमा छोरा तिहार मान्न भनी कपिलवस्तुस्थित माइतीघर गएका थिए।
_x000D__x000D_
कात्तिक २५ गते माइतीबाट हिँडेका उनीहरू दाङको भालुवाङ आउँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको प्रदीपले बताए।
_x000D__x000D_
‘२५ गते साँझ भालुवाङमा गाडी बिग्रिएको हुँदा ढिला भएको भनेर फोनमा कुरा भएको थियो, त्यसपछि उनीहरूको अत्तोपत्तो छैन,’ प्रदीपले भने।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।