क्यानडा- अवसर र मेहनत भए नेपालीले संसारको कुनै पनि कुनामा पहिचान र अस्तित्व देखाउन सक्छन्। यसैको गतिलो उदाहरण बनेका छन् प्रशिक्षक राजु गडतौला र उनको नेपाली तेक्वान्दो टोली। उनको १७ सदस्यीय नेपाली टोलीले आगामी बर्ष जर्मनमा हुने वर्ल्ड च्याम्पियनशिपकालागि क्यानडामा भएको तेक्वान्दो छनोट प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
_x000D__x000D_
क्यानडा, अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन बर्षदेखि नेपालीमुलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिईरहेका छन् राजुले । तीन बर्षभित्र तयार गरेका नेपाली टोलीलाई उनले यसै साता क्यानडाको क्यालगरी शहरमा सम्पन्न भएको क्यानडियन तेक्वान्डो फेडरल अन्तराष्ट्रिय (सिटिएफटी) नेशनल च्याम्पियन प्रतियोगितामा सहभागी गराएका हुन्। प्रतियोगिता प्यार्टन र स्पायरिङका विधा समावेश थिए।
_x000D__x000D_
सहभागी नेपालीले दुवै विधामा सात स्वर्ण, पाँच सिल्भर र नौं काश्यपदक जिते। सहभागी मध्ये स्माइल खत्रीले दुवै विधामा १-१ स्वर्ण जिते। प्यार्टन विधामा १-१ स्वर्ण जित्ने अन्य खेलाडीमा प्रध्योतन निरौला, सुभम लुइटेल विवेक तिमिल्सिना छन् त्यस्तै स्पायरिङमा रियाज अर्याल, प्रशुभा अधिकारी ले १–१ स्वर्ण जितेका छन् । त्यस्तै स्पायरिङ विधामा १-१ सिल्भर जित्नेमा प्रध्योतन निरौला, शुभाम लुइटेल, गिब्सन ढकाल, सुभम अधिकारी छन्। त्यस्तै दुवै विधामा १-१ काश्य जित्ने खेलाडीमा अनुश्का गिरी र जोनिश चौधरी रहेका छन् । प्यार्टन विधामा काश्य जित्ने अन्य खेलाडीमा प्रशुन शर्मा, शशांक भण्डारी,अरिक पौडेल, इशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल छन्।
_x000D__x000D_
_x000D__x000D_
आगामी वर्ष जर्मनमा हुने वल्र्ड च्याम्पियनशिपका लागि सो प्रतियोगिता भएको थियो । सो नेशनल च्याम्पियनमा क्यानडाको विभिन्न प्रान्तबाट आएका पाँच सय ७३ खेलाडीको सहभागिता रहेको थियो। यही नोभेम्वर १० र ११ मा भएको सो राष्ट्रिय च्याम्पियन छनौट प्रतियोगितमा प्रशिक्षक राजु गडतौलाको नेतृत्वमा १७ नेपाली खेलाडीले भाग लिएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।