बनेपा– बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन्।
_x000D__x000D_
साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएको हप्तौं बितिसक्दा पनि अहिलेसम्म मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोखे।
_x000D__x000D_
सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आएका उनले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाइन्छ भन्नेमा कुनै जानकारीसमेत नदिएको बताए।
_x000D_
_x000D_'घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ', मानन्धरले भने, 'सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ, नपाइकन सुकुम्बासी भएर बस्ने? हामी अब कहाँ गएर बस्ने?', उनकाे प्रश्न थियाे।
_x000D__x000D_
'नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियमअनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भनेका थिए, तर अगाडि नै भत्कायो', मानन्धारले भने।
_x000D__x000D_
बनेपा नगरपालिका–१४ का वडाध्यक्ष गौरी राउतले नक्सा पास अनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरेर नगरपालिकामा पेस गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेस गर्ने काम अगाडि बढिसकेको बताए।
_x000D__x000D_
डिभिजन सडक कार्यालयका इञ्जिनियर गोपालप्रसाद खकुरेलले जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बनेको समितिले सबै कागजातसहितको विवरण सङ्कलन गरी पेस गरेपछि मात्रै त्यसका लागि प्रक्रिया अगाडि बढाइने बताए।
_x000D__x000D_
दुई जिल्लाको सिमानामा रहेको सो ठाउँमा सडक मापदण्ड मिचेर बनाएका दर्जनौँ घर टहरा भत्काइएको छ।
_x000D__x000D_
काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको नौ किलोमिटर सडक फराकिलो बनाउन अनाधिकृतरूपमा बनेका घर टहरा भत्काएर सडक फराकिलो बनाउने काम सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।