उर्लाबारी– सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसिआर) ले पहल गर्ने भएको छ।
_x000D__x000D_
मोरङ पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ आज भएको भेटघाटमा युएनएचसिआरका एसिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसिआर सधैँ लागिरहेको बताए।
_x000D__x000D_
उनले भने, ‘युएनएचसिआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोसिस गर्छौं।’
_x000D__x000D_
निर्देशक रवाट्टेले तेस्रो मूलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीका छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसिआरले पहल गर्ने स्पष्ट पारे।
_x000D__x000D_
भेटमा नगरप्रमुख राईले भूटानमा नेपाली भाषी पनि सांसद बनेको भन्दै नयाँ सरकारसँग पहल गर्न केही सजिलो हुने तर्क गरे।
_x000D__x000D_
नेपाल सरकारले भूटानसँग वार्ता गरी समस्याको दिगो समाधान खोज्न पहल गर्नुपर्ने बताउँदै उनले त्यस्तो हुन नसकेमा नेपाल सरकारले उनीहरुको बसोबास र सुविधाको व्यवस्थापन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिए।
_x000D__x000D_
अझैपनि झापा र मोरङका विभिन्न शिविरमा ६ हजार ५ सय शरणार्थी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।