विराटनगर– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ स्थित चुमाखु भन्ज्याङमा वुधबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ।
_x000D__x000D_
स्थानीय राजेन्द्र राईको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। उनको ३ तल्ले घर, अन्न, कपडा र भाँडाकुँडासहित जलेर ५ लाख भन्दा वढिको क्षति भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।
_x000D__x000D_
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण्मा आएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।