झापा- झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलमा मे १ त ५२३० नम्बरको ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ। ट्याक्टरवाट ओर्लने क्रममा स्थानीय ५ वर्षिय राखी यादवलाई ट्याक्टरले किचेको थियो।
_x000D__x000D_
आफ्नै बाबुसंग छठ पर्वको मेलामा हेर्न जाने क्रममा मंगलबार साँझ बालिकालाई ट्याक्टरले किचेको प्रहरीले जनाएको ।
_x000D__x000D_
गम्भीर घाइते बालिकालाई उपचारका लागि भद्रपुर पठाईएको थियो। सोही क्रममा राती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
_x000D__x000D_
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।