मोरङ– मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतनामा पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लरीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ६७०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
ठक्करबाट मोटरसाईकलमा सवार सुनसरी बराह नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
_x000D__x000D_
लरी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।