काठमाडौंमा भिसा सेन्टर खोल्दै कतार, ६ महिनासम्म लाग्ने काम अब २ दिनमै

रमेश भारती | २०७५ कार्तिक २८ बुधबार | Wednesday, November 14, 2018 १२:५४:११ मा प्रकाशित

काठमाडौं– कतार जाने नेपाली कामदारका भिसा सम्बन्धी समस्या न्यूनीकरण गर्न कतारले काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। कतारी राजदूतावास कार्यालयभित्रै भिसा सेन्टर खोल्ने गृहकार्य भइरहेको दूतावासले जानकारी दिएको छ।

_x000D_ _x000D_

कतार जान चाहने व्यक्तिले आवेदन दिएको २ दिनभित्र भिसाका विषयमा जानकारी आउने दूतवासका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। कतार जान इच्छुक श्रमिकले आवेदन दिएको ४८ घन्टाभित्र भिसा हातमा आउने र भिसा लागेको एक हप्ताभित्र कतार जान मिल्ने गरी दूतावासले काम अघि बढाएको हो।

_x000D_ _x000D_

सेन्टरले काम गर्ने सुरु गरेपछि रोजगारीका लागि कतार जाने समय पनि छोटिने भएको छ। यसअघि कतार जान म्यानपावरमा राहदानी पेस गरेपछि ३ देखि ६ महिना कुर्नुपर्ने बाध्यता थियो।  

_x000D_ _x000D_

कतार सरकारले सिंगापुरको बियोमेट कम्पनीसँग सहकार्य गरी सेन्टरमा जडान गरिने सफ्टवेयर निर्माण गरिरहेको बताइएको छ। कामदार आपूर्ति गदै आएका ८ देशमा १८ वटा भिसा सेन्टर खोल्न तयारी कतारले गरिरहेको छ। 

_x000D_ _x000D_

सेन्टरमार्फत स्वास्थ्य परीक्षण, फिगंर प्रिन्ट, रोजगारीका लागि कतार जान चाहने कामदारका आवेदन र भिसा लागेपछि सम्झौता पत्र हस्ताक्षरको काम हुने जानकारी दिइएको छ। सेन्टरमार्फत कतार जाने कामदारले नेपालमै भिसा र तलबका विषयमा जानकारी लिन सक्नेछन्। 

_x000D_ _x000D_

नेपालमै भिसा सेन्टर खोलेर कामदार आपूर्ति गर्न थालेपछि कामदारमाथि भइरहेको ठगी र विकृतिे अन्य हुने विश्वास कतार सरकारले लिएको छ। यसैगरी, हाल जथाभावी रकम असुल्ने प्रवृत्ति निरुत्साहित हुने दूतावासले विश्वास गरेको उल्लेख गरेको छ। 

_x000D_ _x000D_

सेन्टर स्थापना भएपछि कतार जाने कामदार सबै प्रक्रिया भिसा सेन्टरमार्फत नै हुने दूतवासले जानकारी दिएको छ। पारिवारिक र व्यापारिक  भिसाका लागि कतार जान चाहने व्यक्तिले पनि सेन्टरमार्फत आवेदन दिएर कागजात प्रमाणीकरण गर्ने सक्ने व्यवस्था गरिएको छ। 

_x000D_ _x000D_

श्रममन्त्री र राजदूतबीच छलफल 
_x000D_ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच भिसा सेन्टर र कामदारका विषयमा छलफल भएको र भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

श्रममन्त्री विष्टले रोजगारीमा कतार जाने नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्ने पर्ने प्रस्ताव गर्दै आएका छन्। कतार मात्र होइन रोजगारदाता सबै देशमा निःशुल्क कामदार आपूर्ति गर्ने लक्ष्य मन्त्रालयको छ। 

_x000D_ _x000D_

कतार नेपालीबिच सन २००५ मा कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौता भएको थियो। त्यसपछि श्रम नवीकरण हुने प्रयास भएपनि सफल हुन सकेको छैन। अब भने दुई देशबीच सरकारीस्तरमा कामदार आपूर्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

कतार नेपाली कामदारको रोजगार गन्तव्य देशभित्र पर्छ। रोजगारीको खोजीमा वार्षिक रुपमा करीव एक लाख युवा कतार जाने गरेका छन्। कतारमा ३ लाखभन्दा बढी नेपाली कार्यरत रहेको सरकारी तंथ्याकमा उल्लेख छ।