काठमाडौं– प्रहरीलाई घुस दिने दुई जना सवारी चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना५ख ७१८१ नम्बरको ट्रकका चालकले २ सय रुपैयाँ घुस दिन लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
_x000D__x000D_
उनले रूट प्रमिट कागजको भित्र नगद २ सय रुपैयाँ घुस राखेर कागजात देखाएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
यसैगरी, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा२ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङले १ हजार रुपैयाँ घुस दिएपछि उनलाई पक्राउ गरिएको हो।
_x000D__x000D_
दुबै चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।