ad

पूर्व राजासँग कांग्रेस नेता प्रकाशमानको अकस्मात् जम्काभेट

नेपाल लाइभ

Nepal Live

काठमाडौं- कांग्रेस नेता प्रकाशमान सिंह र पूर्व राजा ज्ञानेन्द्र शाहको जम्काभेट भएको छ। अाइतबार साँझ होटल सोल्टीमा आयोजित एक पास्नी कार्यक्रममा सहभागी हुन पुगेका दुवै जनाबीच पूर्वनिर्धारित योजना बिना नै अकस्मात् भेट भएको हो। 

पास्नीको निम्तो मानेर फर्किएका पूर्व राजासँग कांग्रेस नेता सिंहको भेट भएको थियो। फर्किँदै गर्दा लबीमा करिब एक मिनेट वार्ता भएको बताइएको छ।

अकस्मातको भेटलाई अनावश्यक रुपमा उचालिएको सिंहका सहयागी नेविसंघ नेता युपी लामिछानेले बताए। भैपरी आएको भेटमा नमस्कार आदान-प्रदान मात्रै भएको दाबी उनले गरे।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने