रसुवा– चार दशकअघि नै लोप भइसकेको खम्बा नाच देखाइएको छ। धुन्चेका तामाङ समुदायका युवाहरूको सक्रियतामा सदरमुकाम धुन्चेमा मंगलबार एक कार्यक्रम गरी सो नाच देखाइएको हो।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
हरेक वर्ष भाइटीका पछि आउने पहिलो मंगलबारका दिन देखाइने यो नाच ४० वर्षपछि देखाइएको स्थानीय लामा दाबा सिदार घलेले बताए। ‘पुराना रीतिरिवाज, परम्परा धर्म–संस्कृति जोगाउन नाच सुरुवात गरेका हौ। संस्कृति जोगाउन युवालाई समेटेर अघि बढेका छौं,’ उनले भने।
_x000D__x000D_
_x000D__x000D_
वि.सं २०३५ सालसम्म हरेक वर्ष देखाइदै आएको भएपनि त्यसपछिका दिनमा देखाउन छाडिए पछि नाच लोप भएको थियो।
_x000D__x000D_
_x000D__x000D_
वडा कार्यालय तथा गोसाईकुण्ड गाँउपालिकाले चार लाख ६० हजार रुपैयाँको सहयोगमा लोप हुन लागेको नाच पुनर्जागरण गरिएको रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहका सचिव कमल तामाङले बताए।
_x000D__x000D_
_x000D__x000D_
कम्तीमा १८ जना सहभागी हुने यो नाच साढे तीन घन्टासम्म लगातार चल्ने गर्छ। संस्कृति जोगाउन तथा पुस्तान्तरण गर्न नाच देखाउन थालिएको स्थानीयले बताए।
_x000D__x000D_
_x000D__x000D_
तिब्बती भाषामा भोटे जातिलाई ‘खम्बा’ भनिन्छ। जोगी र तिब्बती भोटेका नेपाल भ्रमण नाचमा प्रस्तुत गरिन्छ। बनारसी जोगी पशुपति हँुदै गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा तिब्बती भोटे सँग भेट भएका दृश्यका कारण नाच दर्शनीय भएको स्थानीयले बताए। उनीहरुबीच को ठूलो भन्ने बिषयमा विवाद हुने र लामो समयसम्म चल्ने दोहोरी विवादपछि जोगीको जित भएको दृश्य नाचमा प्रस्तुत गरिन्छ।
_x000D__x000D_
_x000D__x000D_
उनीहरुको विवाद हेर्न पुगेकाहरुले जोगीलाई काँधमा बोकेर लैजान्छ। तिब्बती धर्मगुरु रिम्पोक्षेका रूपमा जोगीलाई मानिने भएकाले उनलाई बोकेर लैजाँदा घरमा सुख शान्ति र लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।