काठमाडौँ– ओलम्पिक महिला फुटबलको एशियन छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली महिला टिमले पहिलो सहभागितामा दोस्रो चरणमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
_x000D__x000D_
ओलम्पिक महिला फुटबलको एशियन छनोटमा समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट तेस्रो टिमको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्यो।
_x000D__x000D_
याङ्गोनस्थित थुनुवा रङगशालामा भएको खेलमा नेपालल सुरुवाती अग्रता लिएको थियो। नेपालका लागि निरु थापाले खेलको १७ मिनेटमा गोल गरेकी थिइन्।
_x000D__x000D_
तर नेपालले दोस्रो हाफको इन्जुरी टाइममा गोल खान बाध्य भयो। इन्जुरी टाइमको तेस्रो मिनेटमा अखी खातुनले बराबरी गोल फर्काएका थिइन्।
_x000D__x000D_
_x000D__x000D_
बराबरीसँगै नेपाल ३ खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो भयो। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग १-१ गोलको बराबरी खेलेको थियो । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ ।
_x000D__x000D_
समूह सी अंक तालिका
_x000D__x000D_
_x000D__x000D_
समूहमा तेस्रो हुने टिमको वरीयता
_x000D__x000D_
_x000D__x000D_
दोस्रो चरणमा पुगेका टिम
_x000D__x000D_
_x000D__x000D_
दोस्रो चरणमा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ। भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगेका छन्। १२ टिमलाई ३ समूहमा विभाजन गरिनेछ। समूह विजेता ३ टिम तेस्रो चरणमा पुग्नेछन्।
_x000D__x000D_
तेस्रो चरणमा दोस्रो चरणमा पार गरेका ३ टिम र सिधै पुगेका ५ टिम गरी ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्यान्ड सिधै तेस्रो चरणमा प्रवेश गरेका छन्। २ समूहबीच प्रतिस्पर्धा हुने विजेता र उपविजेता गरी ४ टिम अन्तिम चरणमा पुग्नेछन्।
_x000D__x000D_
अन्तिम चरणमा ४ टिमबीच होम एन्ड अवेमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट २ टिम टोकियो ओलम्पिकमा छनोट हुनेछन्।
_x000D__x000D_
ओलम्पिकको महिला फुटबलमा एसियाबाट ३ वटा कोटा छ। जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी २ स्थान छनोट प्रतियोगिताबाट हुने लागेको हो। ओलम्पिकको महिला फुटबलमा विश्वभरबाट छनोट भएका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ।
_x000D__x000D_
_x000D__x000D_
दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।
_x000D__x000D_
नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।
_x000D__x000D_
नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन् । त्यस्तै मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।