काठमाडौं– पोस्ट प्रोडक्सनको काममा व्यस्त फिल्म ‘गोपी’ले पूर्व निर्धारित प्रदर्शन मिति अघि सारेको छ। यसअघि चैत १५ गतेदेखि प्रदर्शनमा अाउने भनिएको भएपनि सोभन्दा करीब २ महिना अघि माघ १८ बाट प्रदर्शनमा आउने भएको छ।
_x000D__x000D_
फिल्म निर्देशक दीपेन्द्र लामाले सोचेभन्दा चाँडै फिल्मको काम सकिएकाले २ महिना अगावै प्रर्दशनका लागि तयार भएको बताए। उनले भने ‘फिल्म युनिटको पूर्व तयारी र वितरक मनोज राठीसँगको छलफल र सहमतिका आधारमा फिल्मलाई केही समय अगावै प्रदर्शनमा ल्याउन लागिएको हो।’
_x000D__x000D_
यसअघि कलाकार हेरफेरका विषयबाट फिल्मको चर्चा बढेको थियो। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटीले फिल्मबाट हात झिकेका थिए भने छोटो समायवधिमा अभिनेता विपिन कार्की र वर्षा राउतलाई फिल्ममा भित्र्याइएको थियो।
_x000D__x000D_
शिक्षित युवाको गाईपालन व्यवसायलाई कथाको केन्द्र बनाएर तयार गरिएको फिल्ममा मणिकर्ण केसीको निर्माण तथा श्रीधर पौडेलको सह-निमार्ण रहेको छ।
_x000D__x000D_
सामीप्यराज तिमल्सिनाको पटकथा रहेको फिल्ममा सुरक्षा पन्त, अंकित खड्कालगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।