सबैलाई आफ्नै नाम मन पर्छ। आफ्नै पहिचानमा रमाउनुको मज्जा नै बेग्लै। हरेक पाल्तु जनावर पनि आ–आफ्नै नामले चिनिएका हुन्छन्। तर, सृष्टिदाता महिलाहरुलाई अझै पनि विवाह नहुन्जेल फल्नाकी छोरी र विवाह भएपछि फल्नाकी श्रीमतीमै चिनिने/चिनाउने प्रचलन छ।
_x000D__x000D_
मैले मेरी आमाको नाम एसएलसी पास भएपछि मात्र थाहा पाएकी हुँ। हजुरआमाको नाम अहिलेसम्म जानेकी छैन। आफ्नो बुवातर्फ भने सात पुस्ता अगाडिका सबैको नाम कण्ठ छ। मेरी आमाले बुबाको नाम भनेको मैले कहिल्यै सुनिनँ। छिमेकीले बुवालाई 'खै?' भनेर सोधे भने 'आफू' बाहिर जानुभएको छ भन्दै बुवालाई आफूले सम्बोधन गर्नुहुन्थ्यो।
_x000D__x000D_
श्रीमान्लाई खाना खान नदिईकन श्रीमतीले नखाने चलन अधिकांश ठाउँमा आज पनि चलनचल्तीमा छ। म क्याम्पस पढ्न थाल्नुभन्दा अगाडि जुनसुकैलाई आफ्नो परिचय दिँदा न त आफ्नो नाम भनेँ न त आमाको। सबैलाई फल्नाकी (बाबाको नाम) छोरी मात्र भनिरहेँ। किनकि घरपरिवारबाट यही सिकेँ अनि समाजले पनि यही सिकायो।
_x000D__x000D_
सदियौँदेखि पुरुषप्रधान सोच र मानसिकतामा रमाइरहेको छ हाम्रो समाज। सबै महिलालाई चिनाउँदा प्रत्येक पटक पुरुषसँग जोडिन्छ। साना हुँदा फल्नाकी छोरी। अलि ठूलो हुन थालेपछि फल्नाकी बहिनी, फल्नाकी दिदी। विवाहपछि फल्नाकी श्रीमती र फल्नाकी बुहारी। अलि बूढो हुँदै गएपछि नयाँ पुस्तासँग चिनिनुपर्दा फल्नाको आमा भनेर मात्र हाम्रो चिनारी हुने गर्दछ।
_x000D__x000D_
सभ्य र शिक्षित समाज निर्माणको महान् अभियानमा जुटेका हामीनै किन आफ्नो पहिचानको खोजी गर्दैनौं? कसैकी छोरी, दिदीबहिनी, श्रीमती, बुहारी र आमाबाहेक के हाम्रो छुट्टै अस्तित्व छैन? के हाम्रो नाम र कामबाट खुलेआम हामी चिनिन सक्दैनौं? पढेलेखेका ठूलाबडा महिलासमेत किन आफ्नो परिचयको क्रममा फल्नाको श्रीमती र फल्नाको बुहारी भन्न रुचाउँछन्? समता र समानताको ढकतराजु खोज्ने हाम्रो मानसिकता पहिलो खुट्किलोको रुपमा लिइने परिचयमा नै किन अर्काको आड लिन्छौँ?
_x000D__x000D_
आज महिला र पुरुषबीच हुने विभेदलाई कानुनले हटाएको छ। हाम्रो सोच र विचारमा भने हटेको छैन। महिलाहरुले आफूमाथि नै विश्वास जित्न सकेका छैनौं। आफूले गर्न सक्ने र आँट्न सक्ने कामलाई म महिला भएकोले गर्न सक्दिनँ कि भन्ने कमजोर मानसिकता आज पनि विद्यमान छ।
_x000D__x000D_
_x000D_सदियौँदेखि पुरुषप्रधान सोच र मानसिकतामा रमाइरहेको छ हाम्रो समाज। सबै महिलालाई चिनाउँदा प्रत्येक पटक पुरुषसँग जोडिन्छ। साना हुँदा फल्नाकी छोरी। अलि ठूलो हुन थालेपछि फल्नाकी बहिनी, फल्नाकी दिदी। विवाहपछि फल्नाकी श्रीमती र फल्नाकी बुहारी।
_x000D_
_x000D__x000D_
समाज र पुरुषहरुको कुरा त झन् बेग्लै छ। शिक्षित, पढेलेखेका पुरुषहरुबाट नै महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्छन्। समाजको सोचाइ महिलाप्रति सकारात्मक हुन सकेकै छैन। आज पनि टाठाबाठा, शिक्षित र अन्यायको विरुद्धमा बोल्ने महिलाहरुलाई हाम्रो समाजले पोथी बासेको राम्रो हुन्न भन्छन्। श्रीमतीले भनेको मान्ने श्रीमानलाई कस्तो जोइटिङ्ग्रे भन्ने गरिन्छ।
_x000D__x000D_
धेरै समय अगाडिदेखि नै हामी मानसिक रुपमै कमजोर भएका छौँ। घर कसको? लोग्नेको, छोराछोरी कसको? लोग्नेको, इज्जत कसको? लोग्नेको, छरछिमेक इष्टमित्र कसको? लोग्नेको। छोरीले 'लभ म्यारिज' गर्दा बाबुको नाक काटी भन्ने समाज छोराले 'लभ म्यारिज' गर्दा बाबुको नाक काट्यो भन्दैन। छोरी बिग्रने हाम्रो समाजमा कसैका छोरा बिग्रँदैनन्। आज पनि छोरा जन्मेको छैटौं दिनमा धुमधामले रमाइलो गरेर छैंटी मनाउने चलन हराएको छैन। थुप्रै छोरीका भ्रुणहरुलाई पतन गराउने गरिन्छ।
_x000D__x000D_
के कानुनको समानताले वास्तविक समानता कायम गर्न सक्ला त? कोरा कागजमा विभेदमुक्त समाजको निर्माण गर्दैमा हाम्रो समाजको व्यवहारमा विभेद नहोला त? अहिलेसम्मका महिलामुक्तिका आन्दोलन कानुनमा मात्र समानता कायम गराउनलाई हो र? अँ हँ, यो पटक्कै होइन। सबैभन्दा विभेद हुने धरातल भनेको व्यवहार हो। हामी बसिरहेको हाम्रो समाज हो। जबसम्म समाजमा महिला र पुरुषलाई समान रुपमा स्वीकार्न सक्ने अवस्था कायम हुँदैन तबसम्म विभेद भइरहन्छ। महिलाहरुमाथि अन्याय र अत्याचार चलिरहन्छ।
_x000D__x000D_
आज लैङ्गिक समता र समानताको बारेमा निकै बहस हुन्छ। महिला सशक्तीकरणको लागि राज्यले केही चासो देखाएको छ। नारीवादका चर्का र सुरिला स्वरहरु सुन्दै आएका छौँ। महिलामैत्री संविधान, कानुन, संघ–संस्थाहरु निर्माण भएका छन्। हरेक तह र तप्काहरुमा महिलाको उपस्थिति संख्यात्मक र गुणात्मक रुपमा बढ्दै गएको छ। यति हुँदाहुँदै पनि हामीभित्रको सोच, संस्कार र मानसिकता भने अझै सबल बन्न सकेको छैन। आफ्नो छुट्टै परिचय गराउन सफल महिलाहरु समेत फल्नाकी भनेर चिनिने र चिनाउने प्रचलन हट्न सकेको छैन।
_x000D__x000D_
पुस्तौंपुस्ता अगाडिदेखि पितृसत्ताले बास गरेको हाम्रो मानसिकता आज पनि ढुक्कसँग आफ्नो परिचय दिन सक्दैन। फल्नाकी छोरी, फल्नाकी बुहारी, फल्नाकी श्रीमतीमै आफ्नो परिचय दिन सजिलो लाग्छ। मिठा भाषण र कोरा कागजी महलहरुमा महिलामाथि हुने विभेदको अन्त्य भएको छ तर व्यावहारिकता भने त्यस्तो छैन।
_x000D__x000D_
कतिपय सामान्य महिलाहरु श्रीमान्को पहिचानबाट उच्च तह र तप्कामा पुगेका भए पनि उनीहरुको परिचय भने फल्नाकी भन्नेमा नै सीमित छ। त्यस्तै कतिपय विशिष्ट सिप, क्षमता, योग्यता र दक्षता भएका महिलाहरुलाई पनि हाम्रो समाजले श्रीमानको पहिचानसँग जोडेर हेर्छ। यहाँ भन्न खोजेको कतिपय योग्य महिलाहरु पनि समाजको नजरमा योग्य बन्नबाट वञ्चित छन्। अहिले सातवटै प्रदेशमा एउटा पनि महिला मुख्यमन्त्री नबनाइनु यसैको उदाहरण हो। अहिले भएका प्रदेशका मुख्यमन्त्री सरह सक्षम महिला नेत्रीहरु नभएका होइनन्, उनीहरुले आकांक्षा राख्दा पनि विभिन्न बहानामा दिइएन।
_x000D__x000D_
_x000D_हाम्रो समाज पुरुषप्रधान मानसिकतामा नै अन्धभक्त छ। समाजले हरेक कामकुरामा पुरुषलाई विश्वास मान्छ। घरबाट बाहिर निस्कनुपर्याे भने दिदीको सुरक्षाको लागि भाइ पठाउँछ। पुरुष भएपछि बच्चालाई पनि विश्वास गर्ने अनि महिला भनेपछि कसैलाई पनि विश्वास नगर्ने प्रचलन आज पनि व्यापक छ।
_x000D_
_x000D__x000D_
हाम्रो समाज पुरुषप्रधान मानसिकतामा नै अन्धभक्त छ। समाजले हरेक कामकुरामा पुरुषलाई विश्वास मान्छ। घरबाट बाहिर निस्कनुपर्यो भने दिदीको सुरक्षाको लागि भाइ पठाउँछ। पुरुष भएपछि बच्चालाई पनि विश्वास गर्ने अनि महिला भनेपछि कसैलाई पनि विश्वास नगर्ने प्रचलन आज पनि व्यापक छ। प्रत्येक नारीका आ–आफ्नै नाम छन्। आ–आफ्नै काम छन्। त्यही नाम र काम अनुसारको परिचय गर्ने गराउने नगरेर किन फल्नाकी र फल्नाको भन्नुपर्यो? नारी कसैको निजी सम्पत्ति होइन, जसलाई फल्नाको र फल्नाकीले परिभाषित गरियोस्।
_x000D__x000D_
सामान्य ज्ञानका किताबदेखि लिएर समाजका व्यावहारिकतामा समेत महिलाहरुलाई कसैको आड लिएर मात्र परिचित गराउने चलन छ। सीता को हुन्, कस्ती नारी हुन् भनेर सोच्न नपाउँदै सीता रामकी श्रीमती हुन् भनेर परिचय गराइयो। यसरी नै साना कुरादेखि लिएर ठूला कुरासम्म समग्र नारीहरुको अस्तित्वलाई धरापमा पार्ने सोच आज पनि विद्यमान छ। नारीलाई आफ्नै सक्षमताले कुनै ओहदामा नियुक्त भएर पदबहाली गर्दा पनि हाम्रो समाजले फल्नाकी छोरी, श्रीमती, बुहारी, भान्जी हुनाले भनेर आलोचना गर्ने गर्दछ। महिलाको क्षमता, सिप, दक्षतालाई केबल नजरअन्दाज गरिन्छ।
_x000D__x000D_
यहाँ मैले नारीहरुलाई फल्नाको भनेजस्तै पुरुषहरुलाई फल्नाको भन्न पाउनुपर्छ भन्न खोजेको होइन। आज भेदभावमुक्त, समतामूलक समाज निर्माणको अभियानमा सबै जुटिरहँदा हरेक नारीको आफ्नै परिचय हुनु आवश्यक छ। हामी सबैको सोच, विचार र चिन्तनको धरातल महिलाहरुका नाम–काम सबै बिर्सेर फल्नाको र फल्नाकीबाट माथि उठ्नु जरुरी छ। संसार सिँगार्न सक्षम नारीलाई चिनाउन कुनै पुरुषको आड लिनु जरुरी छैन। सबै काम कुराहरुमा पुरुषसरह सबल, सक्षम बनेर आफ्नो परिचय आफ्नै नाम र कामबाट दिने हैसियतमा पुग्न खोज्नु आम नारीहरुको रोजाइ बन्नुपर्छ। महिलालाई हेर्ने साँघुरा गल्लीहरु छोड्दै र भत्काउँदै विशाल रोडम्याप बनाउने तयारीमा जुट्नुपर्छ समाज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।