एजेन्सी– बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिहंबीच नोभेम्वर १४ र १५ मा इटालाीको लेक कोमो भन्ने स्थानमा विवाह सम्पन्न हुँदैछ। लामो समयबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवाह चर्चाले यतिबेला बलिउड उद्योग निकै गर्माएको छ।
_x000D__x000D_
उनीहरुको विवाह फरकफरक परम्पराका आधारमा सम्पन्न हुनेछ। दीपिका र रणवीरको परिवार फरक समुदायका भएका कारण नोभेम्वर १४ मा दीपिकाको तर्फबाट ‘कोकणी’ परम्पराका आधारमा र नोभेम्वर १५ मा रणवीरका तर्फबाट ‘आनंद कारज’ परम्पराका आधारमा विवाह सम्पन्न हुनेछ।
_x000D__x000D_
दीप–वीर विवाहको ५ दिने म्यारिज इन्स्युरेन्स पनि छ। इन्स्युरेन्स कम्पनीले इटालीको लेक कोमो स्थानमा रहुन्जेल विवाह स्थलमा हुनसक्ने सम्पूर्ण क्षतिको आर्थिक जिम्मेवारी लिएको छ।
_x000D__x000D_
यसपछि भने दीपिका र रणवीरको विवाह भोजको तयारी सुरु हुनेछ। जसमा नोभेम्बर २१ मा दीपिकाको तर्फबाट बेङ्लोरमा र नोभेम्वर २८मा रणवीरका तर्फबाट मुम्वईमा विबाह भोज खुवाइनेछ। उक्त भोजमा यो जोडीले आफ्ना सबै पाहुनालाई कुनै पनि उपहार ल्याउन भने बन्देज गरिदिएका छन्। उनीहरुले निमन्त्रणा कार्डमा नै आफ्ना आगन्तुक पाहुनाका लागि उपहार नल्याउन आग्रह गरेका हुन्।
_x000D__x000D_
निमन्त्रणा कार्डमा उल्लेख भएअनुसार उनीहरु प्राप्त सबै उपहार च्यारिटी शोसहित ‘समाजिक संस्था ‘द लिभ लभ लाफ’ नामक संस्थामा हस्तान्तरण गर्न चाहन्छन्। यस अर्थमा उनीहरुले पाहुनालाई जिन्सी उपहार नभई च्यारिटी कार्यक्रममा मार्फत नगद उपहारका लागि संकेत गरेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।