काठमाडाैं–कुटुम्ब सांस्कृतिक समूहले छठ सम्बन्धी विशेष सांस्कृतिक कार्यक्रम कमलपोखरीमा गर्ने भएकाे छ।
_x000D__x000D_
छठ पर्वकाे अवसरमा मंगलबार बेलुकी ८ बजेपछी साे कार्यक्रम गर्न लागिएकाे हाे।
_x000D__x000D_
विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०६३ पछि काठमाडौंको गौरीघाट, कमलपोखरी, रानीपोखरी, थापाथलीलगायतका ठाउँमा पनि मनाउन थालिएकाे हाे।
_x000D__x000D_
झण्डै एक दशकदेखि काठमाडाैं क्षेत्र न ४ सांसद कार्यालयकाे सक्रियतामा कमलपोखरीमा गरिँदै आएको छठ पुजा यस पटक पनि भव्यरुपले मनाउने तयारी गरिएकाे हाे।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।