कम्पाला– युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परि कम्तीमा ११ जनाको मृत्यु भएको छ।
_x000D__x000D_
सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
_x000D__x000D_
विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताए।
_x000D__x000D_
युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो। गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ।
_x000D__x000D_
आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाइ भएको प्रहरी अधिकारीहरुको भनाइ छ। ढोका नलगाइएको भए मानवीय क्षति पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताए।
_x000D__x000D_
कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको उनले जानकारी दिए।
_x000D__x000D_
क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गरेका छन्।
_x000D__x000D_
आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्।
_x000D__x000D_
घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पाला देखि २८० किलोमिटर टाढा पर्दछ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।