काठमाडौं– भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन्।
_x000D__x000D_
बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
_x000D__x000D_
सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरलगायतले आज एक कार्यक्रमका बीच सफलताको शुभकामना दिँदै बिदाइ गरे।
_x000D__x000D_
टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य लक्ष्मण कार्की रहेका छन्। च्याम्पियनसिपमा विभिन्न ६० राष्ट्रको सहभागिता रहनेछ।
_x000D__x000D_
अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गरे। उनले खेलाडीलाई एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे।
_x000D__x000D_
नेपाली टोली मङ्गलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।